२४ पुष २०७४, सोमबार

२३ पुस, काठमाडौं । देउवा सरकार अझै केही महिना सत्ता लम्ब्याउने खेलमा लागेको उनी लगायत सत्तासीन मन्त्रीहरुले देखाएको आनाकानीले प्रस्ट्याउँदै छ । राष्ट्रियसभा निर्वाचनको मिति माघ २४ मा तोक्नुले पनि अब कम्तिमा दुई महिना नयाँ सरकार गठन हुन नसक्ने शंका उपशंका उब्जीरहँदा भखैरै कानूनमन्त्री यज्ञ बहादुर थापाले कम्तीमा प्रजातन्त्र दिवश मनाएर मात्र घर जाने बताएका छन् ।

मन्त्री थापाले नयाँ सरकार गठनका लागि समय लाग्ने संकेत गर्दै भने हामी कम्तिमा पनि फागुन ७ गते प्रजातन्त्र दिवस मनाएर मात्रै घर जान्छौं ।उनले प्रक्रिया पूरा गरेर मात्रै छाड्ने र यसको लागी फागुन महिना पुरै लाग्न सक्ने समेत संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV