२४ पुष २०७४, सोमबार

काठमाडौँ । भारतले पाकिस्तानसँगको सीमा जम्मू कश्मीरमा भारतले १४ हजार भन्दा बढी बंकर बनाउने भएको छ । अन्तर्राष्ट्रिय सीमामा भारतले सामुदायिक र निजी गरी ठूलो संख्यामा बंकर बनाउन लागेको हो ।

अधिकारीहरुका अनुसार भारतले पुंट र साजौरी जिल्लामा एलओसीको नजिक झण्डै ७२९८ बंकर बनाउँदैछ । त्यस्तै सांबा जिल्लामा ७१६२ भूमिगत बंकर बनाइँदैछ । केन्द्र सरकारले सीमामा बस्ने नागररिकलाई निजी तथा सामुदायिक बंकर निर्माणका लागि झण्डै ४सय १५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अधिकारीहरुले बताए अनुसार १३ हजार २९ निजी बंकर तथा १ हजार ४ सय ३१ सामुदायिक बंकरको निर्माण गरिँदैछ । निजी बंकरको क्षेत्रफल १६० वर्ग फुट हुनेछ, जसमा ८ जना मानिस बस्न सक्नेछन् । त्यस्तै ८ सय वर्ग फुटको सामुदायिक बंकरमा ४० जना अट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV