२४ पुष २०७४, सोमबार

पुस २४ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिडर बार्सिलोनाले लेभान्टेलाई ३–० ले हराएरको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पाउलिन्होले एक एक गोल गरे । मेस्सीले बार्सिलोनाबाट आफ्नौ चार सयौँ खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

३८ औँ मिनेटमा स्वारेजले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । पाउलिन्होले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेपछि घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको १८ खेलबाट ४८ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ३९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV