२३ पुष २०७४, आईतवार

काठमाडौं । मौसमविद्का अनुसार औद्योगिक क्षेत्र तथा काठमाडौं उपत्यकामा प्रदुषण अझै बढ्ने देखिएको छ । अबको एक हप्तासम्म पानी पर्ने संभावना निकै कम रहेकाले सडक विस्तारको काम र औद्योगिक क्षेत्र आसपासमा प्रदुषणको असर पर्ने बताइएको छ ।

गर्मी महिनामा दिउँसो चल्ने हावा हुन्डरीका कारण धुँवा र धुलो उडाएर लाने भएपनि पानी नपर्दा र हावा नचल्दा प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित औद्योगिक क्षेत्रमा प्रदूषण अझै बढ्ने मौसमविद्ले बताएका छन् ।

प्रदुषणको फलस्वरूप लाखौँ नागरिक आकस्मिक समस्या भोग्न बाध्य छन् । प्रदुशणकै मुख्य समस्याको रूपमा श्वासप्रश्वास, सडक प्रदुषण, शारीरिक मानसिक समस्या संगै मृत्युसमेत छन् । उपत्यकामा बढ्दै गएको प्रदुषण संवेदनशील बिषय बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV