२३ पुष २०७४, आईतवार

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले सबै नागरिकले सस्तो र सरल तरिकाबाट सेवा प्राप्त गर्न पाउने अधिकार संविधानमा नै उल्लेख गरिए पनि व्यवहारमा लागू हुन नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले नेपालका अधिकांश जनता चेतनाका अभावले रोगबाट ग्रसित हुनुपरेको हुँदा गाउँ गाउँसम्म पुगेर उनीहरुलाई चेतना दिलाउनु पनि आवश्यक रहेको औल्याउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले जनताले सरकारबाट पाउनुपर्ने सुविधा प्रयोग गर्न नपाउने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV