२३ पुष २०७४, आईतवार

 

. दीपक चन्द

लाहोर । नेत्रहीन विश्व क्रिकेटको पाँचौ संस्करण पाकिस्तान तथा संयुक्त अरब ईमिरेट्समा एकसाथ उद्घाटन भएको छ । उक्त विश्वकपमा नेपाल सहित ६ देशहरुको सहभागिता रहेको छ ।

आईतवार पाकिस्तानको लाहोरस्थित गद्याफी रंगशालामा एक भव्य समोरोहकाबीच नेत्रहीन विश्व क्रिकेटको उद्घाटन भएको हो । उद्घाटन समारोहमा नेपाल, बंगलादेश तथा पाकिस्तानको टोलीलाई स्वागत गरिएको थियो ।

भारत लगायत अन्य तीन राष्ट्रलाई भने संयुक्त अरब ईमिरेट्समा स्वागत गरिएको छ । झन्डै दुई घण्टा भन्दा लामो समयसम्मभएको उक्त उद्घाटन समारोहमा पाकिस्तानको बिभिन्न भुभागको संस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरिएका थिए । यही पुष २३ वाट सुरु भएको क्रिकेट माघ सातमा सम्पन्न हुनेछ । पाकिस्तानमा आयोजना हुने भएपछि भारत, अष्ट्रेलियालगायतका देशहरुले सुरक्षाको कारण देखाउँदै सहभागिता नजनाउने भनेका थिए ।

पछि पाकिस्तानले ती देशहरुसँगको खेलको लागि युएईमा खेल्ने व्यवस्था मिलाएको छ । प्रतियोगितामा नेपालले आफ्नो पहिले खेल यही पुष २५ गते बंगलादेशसँग खेल्दै छ । नेत्रहीनविश्वक्रिकेटको यो संस्करणमा सहभागी हुन वाटोमा विभिन्न अवरोहको सामाना गर्दै २२ सदस्यीय नेलाली टोली पाकिस्तानमा रहेको छ ।

उद्घाटन समारोहमा नेपाली टोलीलाई हौसला प्रदानगर्न पञ्जाव विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरु समेत उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV