२३ पुष २०७४, आईतवार

काठमाडौं । कानुनमन्त्री यज्ञबहादुर थापाले सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार नभएको बताएका छन् ।

संविधानले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई दिएको भन्दै सरकारलाई स्थायी वा अस्थायी राजधानी तोक्ने अधिकार नरहेको उनले बताए । उनले सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानले सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्ने अख्तियारी दिएको तर सरकारले तोक्न नसके कर्तव्यच्यूत हुने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV