२३ पुष २०७४, आईतवार

राजस्थान। पंजाब राजस्थान र हरियाणा क्षेत्रमा चर्चित डन लरेन्स विश्नोइले बलिउड स्टार सलमान खानलाई मारिदिने धम्की दिएका छन् । लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको र अब सलमानलाई जोधपुर अदालत परीसरमै मार्ने धम्की दिएका हुन् ।

राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि माइक राखिदिएपछि उनले भने ‘अहिले मैले केही गरेको छैन, अब गरेपछि थाहा हुन्छ । सलमानलाई मार्छु, यहीँ मार्छु त्यसपछि थाहा हुन्छ ।’लरेन्स विश्नोइले हरीण मारेको आरोप लागेका सलमानलाई अझै सम्म केही गर्न नसक्नु पुलिसको लाचारी भन्दै सलमानलाई मार्ने धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV