२३ पुष २०७४, आईतवार

बर्दिया । ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले एक वृद्धाको ज्यान गएको छ ।

चुरोट ओछ्यानमै पिउँदै गर्दा सिरकमा सल्केको आगोले ठाकुरबाबा नगरपालिका –९, बेतहनी की ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले बताए ।

लामो समयदेखि प्यारालाइसिस बिरामी भएर ओछ्यानमा रहेकी चौधरी शनिबार राति चुरोट पिउने क्रममा चुरोटबाट सल्केको आगोले जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV