२३ पुष २०७४, आईतवार

दमक । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा एक अभियुत्त मृत फेला परेका छन् । आइतवार बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त झण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाले जनाएको छ । उनको पुरा ठेगाना झपा जिल्ला गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादव रहेको छ । यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए ।

इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमका अनुसार यादवले आत्महत्या गरेको हुनसक्ने बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV