२३ पुष २०७४, आईतवार

एजेन्सी। प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टार विङर रियाद मारेज लिभरपुल जाने सम्भावना रहेको  छ । लिभरपुलका फिलिप कौटिन्हो बार्सिलोना जाने पक्का भएपछि क्लबले मारेजलाई विकल्पको रुपमा हेरेको हो  ।

दुई सिजन अघि लेस्टरलाई प्रिमियर लिग उपाधि जिताउन ठूलो भुमिका खेलेको मारेज यस सिजन पनि राम्रो रहेका छन् । उनले सबै प्रतियोगितामा ८ गोल गरेका हुन्। सिजनको सुरुवातमा मारेजलाई आर्सनलले पनि ताकेको थियो ।

श्रोतका अनुसार लिभरपुलले मारेजलाई ४९ मिलियन पाउन्डमा खरिद गर्न सक्ने छ । लिभरपुलले यसअघि डिफेन्डर भर्जिल भान डाइकलाई साउथह्याम्पटनबाट ७५ मिलियन पाउन्डमा किनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV