२३ पुष २०७४, आईतवार

एजेन्सी: जो मानिसको बिहानी राम्रो सुरुवात हुन्छ, त्यसको दैनिकी नै शुभ हुने आम विश्वास रहेको छ । बिहानको साइतले दिनभरीको नजिता आउने विश्वास भएकोले धेरैले विहानको सयमलाई जति सक्दो राम्रो बनाउने प्रयास गर्ने गर्दछन ।

बिहान उठ्ने बित्तिकै गर्न नहुने काम

१.सहवास नगर्नु: बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।

२.ऐना नहेर्नु: बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।

३.बाँदरको नाम नलिने: बिहान उठ्ने बित्तिकै बाँदरको नाम लिनु हुदैन । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने विज्ञहरुको भनाइ छ । बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।

४.तेलको भाँडो र सियो धागो नहेर्ने: बिहान उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागोको प्रयोग गर्नुहुदैन । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्धिमानी हुन्छ ।

५.घर फोहोर नराख्ने: विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV