२३ पुष २०७४, आईतवार

काठमाडौं ।स्याङ्जा क्षेत्र नं १ का नेकपा एमालेका सांसद नारायणप्रसाद मरासिनीलाई हृदयघात भएको छ ।हृदयघात भएपछि उनलाई बुधवार पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो ।

मणिपाल अस्पतालमा सामान्य उपचारपछि मरासिनीलाई थप उपचारको लागी आज बिहान हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV