२३ पुष २०७४, आईतवार

एजेन्सी । पछिल्लो महिनाको विजुलीको बिल देखेर मेरी होरोमान्स्की (Mary Horomanski)को सत्तो उड्यो । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एरी सहरकी बासिन्दा मेरीले जब अनलाइनमा आफ्नो विजुलीको बिल हेरिन्, तब उनले पत्याउनै नसिकने अंक देखिन् । उनको विजुलीको बिल २८४ बिलियन डलर अर्थात झण्डै २ खर्ब ८४ अर्ब डलर रहेको देख्दा उनको होस उड्यो  ।

हो तपाईले सहि पढ्नु भयो, विजुलीको बिल करिव ३ खर्ब डलर । ‘मेरो आँखा त बाहिरै निस्किन्छ कि जस्तो भएको थियो’वर्षीया मेरिले एक स्थानीय सञ्चार माध्यम (Erie Times-News)लाई भनिन्, ‘हामीले क्रिसमसको लागि विशेष बत्तीहरु बालेका थियो । त्यसैले लाग्यो कतै हामीले गलत बत्ती त बालेनौँ   ।

पछि उनलाई लाग्यो गल्तीले यस्तो भएको होला । जबले उनका छोराले बिजुली सेवा प्रदायक ‘पेनेलेक (Penelec)’लाई सम्पर्क गरे तब यो कुराको पुष्टि भयो । वास्तवमा उनको बिल २८४ दशमलव ४६ डलर मात्रै उठेको रहेछ । त्यो पनि सामान्य भन्दा बढि नै थियो तर तिर्न भने सकिने खालको ।
पेनेलेकको मुख्य कम्पनी ‘फर्स्ट इनर्जी’ प्रवक्ता मार्क डर्बिन (Mark Durbin)ले बिजुलीको बिल बिलियन डलरमा आएकै कहिल्यै नदेखेको बताए । उनले यो कम्पनीबाट भएको गल्ती बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV