२३ पुष २०७४, आईतवार

काठमाडौं । आज बर्षकै सबैभन्दा बढी चीसो मौसम मापन गरिएको छ । विहान  काठमाडौंमा शून्य दशमलव ५ डिग्रीमा मापन गरिएको छ। मौसमविद्हरुका अनुसार यो तापक्रम करिव डेढ दशकको सबैभन्दा कम हो ।

अहिले देशको काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । मौसमविद्हरुले अझै केही दिन चीसो बढ्दै जाने अनुमान गरेका छन् । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV