२२ पुष २०७४, शनिबार

लहान । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण पीडित बनेका सिरहाको कर्जन्हा नगरपालिका–७ प्रेमनगरका दलित परिवारलाई आज ब्लाङ्केट वितरण गरिएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले दलित बस्तीका ६५ घरपरिवारलाई न्यानो कम्बल वितरण गरेको हो । धुर्मुस–सुन्तली फाउण्डेसनबाट उपलब्ध गराएको ब्लाङ्केट कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवान, वडा ७ का वडाध्यक्ष जयकिशोर साहलगायतको उपस्थितिमा पत्रकार शैलेन्द्र क्रान्ति, दीपक मिश्र र रामनारायण महतोले संयुक्तरुपमा वितरण गर्नुभयो ।

चिसोका कारण न्यानो लुगाको अभावमा दलित परिवारका सदस्यहरु कठ्याङ्ग्रिनुपर्ने अवस्था रहेकाले उक्त दलित बस्तीमा ब्लाङ्केट वितरण गरिएको पत्रकार शैलेन्द्र क्रान्तिले जानकारी दिनुभयो ।
तराईमा चिसो बढेसँगै फाउण्डेसनले निरन्तर विभिन्न जिल्लामा न्यानो ब्लाङ्केट वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV