२२ पुष २०७४, शनिबार

दीपक भट्ट,

रामेछाप  । अत्याधिक चिसो हुन थालेपछि रामेछापको उत्तरी उच्च भू–भागमा रहेका चौरी गोठहरु तल्लो भेगमा सार्न सारिएको छ । अत्याधिक चिसोका कारण चौरीहरु मर्ने खतरा बढेपछि कम चिसो हुने तल्लो भेगमा गोठ सारिएको हो ।

यस वर्ष चिसो सुरु भएको मंसिर दोस्रो सातादेखी नै तल्लो भेगमा चौरी गोठ सार्न थालिएको हो । जिल्लाको बाम्ती, गुम्देल, चुचुरे, डडुवा लगायत गाउँका चौरी पालक किसानहरुले चिसो छल्नका लागि चौंरी गोठहरु तल्लो भेगमा सारेका हुन ।

३ हजार ८० मिटरको उचाइमा रहेको थोदुङ लेकबाट २७ सय मिटरको उचाईमा रहेको देउराली डाँडामा चौंरी गोठहरु सारिएका छन् ।

देउराली डाँडामा अहिलेको तापक्रम चौंरीका लागि उपयुक्त भएकाले माथिल्लो क्षेत्रबाट गोठ सारिएको किसानहरुले बताएका छन् । रामेछापको उच्च हिमाली क्षेत्रमा ८ सयभन्दा बढी चौरी रहेको जिल्ला पशु सेवा कार्यालय रामेछापका पशु प्राविधिक मुकुन्द खड्का बताउँछन् ।

चौरी पालनका लागि २ हजार ५ सय मिटरभन्दा माथि र ४ हजार मिटरभन्दा मुनिको उचाइ उपयुक्त हुने भएकाले रामेछापको हकमा उत्तरी क्षेत्र चौरी पाल्नका लागि उपयुक्त मानिन्छ ।

तर, चिसो याममा भने कृषकहरु मारमा पर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV