२२ पुष २०७४, शनिबार
  • ज्योतिकुमार पन्थी,

पछिल्लो समय नेपालका बिभिन्न जिल्लाहरुमा लोकप्रिय बनेको कार्यक्रम हो । सरकारले पनि मातृ र बाल मृत्यदर न्यूनीकरण गर्न बिभिन्न कार्यक्रम नल्याएको होइन ।

तर गैरसरकारी पहलमा सुरु भएको सुआहारा कार्यक्रम अहिले सुत्केरी आमा र नवजात शिशुका लागि वरदान तुल्य अभियान बन्न पुगको छ ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका, राजापुर नगरपालिका, तत्तकालीन धधवार गाविस र गुलरिया नगरपालिकाका बिभिन्न वडाहरुमा एक हजार दिनका सुत्केरी आमाहरुलाई भनेर अहिले धमाधम कुखुरा बितरण भई रहेको छ ।

सुत्केरी आमा र शिशुहरुलाई प्रोटिनको कमी भए बिभिन्न किसिमका रोगहरु लाग्न सक्ने भएकाले सुत्केरी आमाहरुलाई प्रोटिनको कमी हुन नदिन अहिले यु एस आई डीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमबाट सुत्केरी आमाहरुलाई तीन वटा पोथी र दुई वटा भाले निशुल्क बितरण गरिएको छ ।

बर्दिया जिल्लामा रहेका एक हजार दिन सम्मका सुत्केरी आमाहरुलाई सुनौला हजार दिन अभियान अन्तर्गत अहिले ८ हप्ता पूरा भएका कुखुरा वितरण गरिएको हो ।

वितरित उन्नतजातको कुखुराबाट अण्डा समेत दिने भएकाले अण्डा खाए पछि बच्चा र आमा दुबैलाई प्रोटिनको मात्रा पुग्ने भएकोले कुखुरा वितरण गरिएको सुआहारा कार्यक्रमका बर्दिया संयोजक सुरज आर्यालले बताउँनु भयो ।

सुआहारा कार्यक्रम अन्र्तगत बितरण गरिएको कुखुरा घरमा लगिसके पछि त्यसको उचित स्याहार सुसारमा लाग्न मधुवन नगरपालिकाका प्रमुख मेयर कृष्ण केसीले स्थानीयवासीलाई अनुरोध गर्नु भएको छ ।

सुआहारा कार्यक्रम बर्दियाले सुनौला हजार दिन अभियान अन्तर्गत गाउँ गाउँमा रहेका एक हजार दिनका १ हजार ५ सय ११ जना आमाहरु र १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई कुखुरा वितरण गरेको हो । कुखुरा पाएपछि सुत्केरी आमाहरु उनीहरुको परिवारमा हर्ष छाएको अवस्था देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV