२२ पुष २०७४, शनिबार

खोटाङ । खोटाङका आगलागी पीडितहरुले प्रधामन्त्री समक्ष राहातको माग राखेका छन् । आज खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसीका आगलागी पीडितका लागि राहत उपलव्ध गराउन प्रधानमन्त्री समक्ष माग राखेको हुन् ।

मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलगायतका पीडितको राहतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग राखिएको हो ।

विस्थापित भएपछि अस्थायी टहरामा कष्टकर दिन बिताइरहेका पीडितको सहज जीवनयापनका लागि उपमेयर विमला राई र प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले आवश्यक राहतका लागि प्रधानमन्त्री समक्ष लिखित माग राख्नु भएको हो ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर, सामानलगायतका वस्तु जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । पीडितको लागि जिल्ला भित्र र बाहिर विभिन्न सहयोग संकलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV