२२ पुष २०७४, शनिबार

भरतपुर । चिसो बडेसँगै बाक्लो हुस्सु र चिसोका कारण शनिवार चितवनबाट हुने उडान रद्ध भएको छ । बाक्लो हुस्सुका कारण कुनैपनि उडान हुन नसकेको नागरिक उड्यान प्राधिकरण भरतपुरले जनाएको छ ।

चितवनबाट शनिबार काठमाडौं र पोखरा लागि १४ ओटा उडान तालिका तय गरिएको थियो । जसमध्ये बुद्ध एअरको ९, यति एअरको ४ र सिम्रिक एअरलाइन्सको एक उडानको तालिका रहेको थियो ।

यो वर्ष पहिलोपटक सबै उडान रद्द गरिएको नागरिक उडड्यन प्राधिकरण भरतपुरका वरिष्ठ एटिसी अफिसर दीपक विकेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV