२२ पुष २०७४, शनिबार

पोखरा । पोखरामा एक रोकिराखेको बसमा आगोलागी भएको छ । पोखरा जिरो कि।मिमा रोकीराखेको बसमा आगो लागेर बस ध्वस्त भएको छ ।

बसमा आगो लागेपछि दमकल र स्थानीयहरुको सहयोगमा निभाईए पनि बस कस्को हो भन्ने कुरा अहिले सम्म थाहा नभएको प्रहरीले जनाएको छ । बसमा एक्कासी आगो देखेपछिमात्र स्थानीयले थाहा पाएका थिए ।

प्रहरी, दमकल र स्थानीयको मद्दतमा आगो नियन्त्रण भएको छ भने बस कस्को र किन र कस्ले आगो लाग्यो भन्ने बारे कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV