२२ पुष २०७४, शनिबार

मकवानपुर । हेटैँडामा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । प्रहरीका अनुसार हेटौडा उप–महानगरपालिका वडा नम्बर–४, कर्रामा शनिबार ४२ वर्षकी मीना लामालाई उनका ६३ वर्षीय श्रीमान रामबहादुर लामाले हत्या गरेका हुन् । रामबहादुरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेका लामा फरार रहेको प्रहरीले जनाएको छ ।

‘घटनाको अवस्था हेर्दा टाउकोमा काटेको देखिएको छ । पति फरार छन’, घटनास्थलमा पुगेका प्रहरी निरीक्षक मधुकुमार थापाले भन्नुभयो, ‘हामी घटनाको खोजतलासमा जुटेका छौं ।’

मृतक लामाको दुई सन्तान छन् । स्थानीयबासीका अनुसार लामा दम्पतीको नियमित झगडा पर्ने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV