२२ पुष २०७४, शनिबार
  • बसन्त खतिवडा,

बारर । मोफसल कै आकर्षक मध्येको एक मानिएको फुटवल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण आगामी माघ २५ गतेबाट आयोजना हुने भएको छ ।

विजय डिष्टिलरीको मूख्य प्रयोजनमा सञ्चालन हुने रुस्लान नवौं सिमरा गोल्डकपको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख पचास हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

आयोजक नवजनजागृति यूवा क्लबले शनिवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ४ गते सम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब र दुई विभागीयसहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा संकटा सहित थ्रि–स्टार क्लब , मनाङ्ग मस्र्याङ्गदी क्लब , जावलाखेल युथ क्लब , सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब , नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब , सहारा क्लब पोखरा , रुपन्देही ११ , झापा ११ , हेटौंडा ११ , बिरगंज युनाईटेड क्लब बिरगंज र आयोजक नवजनजागृति यूवा क्लब सिमराको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल र प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक , डिफेन्डर , मिडफिल्डर , फरवार्ड , प्रशिक्षक र हाईस्कोररले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ ।

यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पाँच हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV