२२ पुष २०७४, शनिबार

काठमाडौं । तारकेश्वरको जरंखुपुल नजिकै भएको ग्याङफाइट दुई जना घाइते भएका छन् । शुक्रबार बेलुका सो फाइटमा स्थानीय निरज भण्डारी र प्रकाश लामालाई खुकुरी प्रहार भएको छ ।

खुकुरी हान्ने रमेश अर्याललाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक राम प्रसाद गौतमका अनुसार रमेश र सोही ठाउँका जेम्स खड्काले खुकुरी प्रहार गर्दा निरज र प्रकाश घाइते भएका हुन् ।

घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको छ। उनको टाउको र घाँटीमा चोट लागेको छ। प्रहरी निरीक्षक गौतमका अनुसार मदिरा पिएपछि उनीहरुबीच झगडा सुरु भएको थियो ।

जसक्रममा दुवै पक्षले आफ्ना साथी बोलाएर कुटाकुट गरेका थिए । झगडामा संलग्न दुवै पक्षका युवाहरु तारकेश्वरमा वालुवाको काम गर्ने व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV