२२ पुष २०७४, शनिबार

काठमाडौं । राष्ट्रिय प्रणाली अन्र्तगत नेपालमा भित्रने वैदेशिक सहायता रकममा वृद्धि भएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ को विकास सहायता प्रतिवेदनले राष्ट्रिय प्रणाली अनुरुप वैदेशिक सहायता आउने क्रम बढेको देखाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा एक अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर वैदेशिक सहयोग नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७२÷०७३ मा एक अर्ब ७ करोड अमेरिकी डलर भित्रिएकोमा आर्थिक वर्ष २०७३÷७४ मा ३० प्रतिशतले वृद्धि भएको हो ।

कुल सहायता रकम मध्ये ७३ प्रतिशत सरकारी बजेटका कार्यक्रम मार्फत आएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो । कुल सहायतामध्ये ४२ प्रतिशत अनुदान, ३९ प्रतिशत ऋण र १९ प्रतिशत प्राविधिक सहयोग रहेको छ ।

प्रतिवेदनका अनुसार संस्थागततर्फ सबैभन्दा धेरै साढै ३४ करोड अमेरिकी डलर विश्व बैंकले सहयोग गरेको छ भने एसियाली विकास बैंकले २५ करोड ३८ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

सहयोग गर्नेहरुमा देशगत रपमा अमेरिका, बेलायत, जापान, चीन र भारत अगाडी रहेका छन् । सरकारको बजेट कार्यक्रममार्फत वैदेशिक सहायता वृद्धि हुँदा सरकारले गर्ने पूँजीगत खर्चको स्रोत परिचालनमा सहयोग पुग्ने अर्थ मन्त्रालयले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV