२२ पुष २०७४, शनिबार

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो ।

निर्माता तथा निर्देशक मिलन चाम्सले प्राविधिक कारणले रिलिज मिति सारिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ।
नेपालका साथै बेलायतमा सुटिङ गरिएको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् भने सुदीप बरालले छायांकन गरेका हुन्।

त्यसो त नेपाली फिल्म उद्योग बलिउड फिल्मको रिलिज मितिबाट सधैं सजग हुने गरेको छ। आउँदो चैत अन्तिम सातादेखि सुपरस्टार रजनीकान्त अभिनीत ‘२.०’ प्रदर्शनमा आउने प्रायः निश्चित छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV