२२ पुष २०७४, शनिबार

सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम-११ले च्यासललाई पेनाल्टी सुटआउटमा   ५-४ गोलले पराजित गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको ए डिभिजन क्लब च्यासललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकले विजयी सुरुआत गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७१औं मिनेटमा च्यासलका विदेशी खेलाडी सेगुनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । च्यासलको त्यो अग्रता १५ मिनेट मात्रै टिक्यो । खेलको हाफको ८५औं मिनेटमा सुदूरपश्चिम-११ का विनोद केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो । बाई पाएर क्वार्टरफाइनलमा पुगेको आयोजक टोलीले जितसँगै सेमिफाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV