२२ पुष २०७४, शनिबार

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानमा जारी तनावबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग गरेकोमा सदस्य राष्ट्रहरूबाट व्यापक आलोचनाको सामना गर्नुपरेको छ।

चीन र रुसबाहेक फ्रान्सेली राजदूतले पनि अमेरिकामाथि प्रश्न गरेका छन्। इरानमा भएका प्रदर्शनलाई लिएर सुरक्षा परिषद्को बैठक माग गरेकोमा रूसले कडा शब्दमा अमेरिकाको आलोचना गरेको छ। रूसी राजदूतले आन्तरिक मामिलामा सुरक्षा परिषद् मुछिएु त्यसबाट राष्ट्रसंघको उच्च निकायलाई क्षति पुग्ने बताए। बीबीसी

प्रतिक्रिया दिनुहोस्

LIVE TV