२२ पुष २०७४, शनिबार

बागलुङ । पाँचौं बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापारमेलाको अवसरमा आयोजना गरिएको खुला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोर्टले जितेको छ ।

राष्ट्रिय खेलाडीहरू सम्मिलित दर्शन ट्रान्सपोर्टले नेपाल खेलकुद महासंघ बागलुङलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । दर्शनले खेलकुद महासंघलाई २५-१२, २५-१३, २५-१८ को सोझो सेटमा पराजित गर्‍यो । महासंघमा पनि एपीएफका महिला टोलीबाट खेल्दै आएकी निशाना बडालसहित जावलाखेल भलिबल ट्रेनिङ सेन्टरका खेलाडीले खेलेका थिए ।

उपाधि विजेता दर्शन ट्रान्सपोर्टले ७५ हजार पाँच सय ५५ रुपैयाँ नगद पुरस्कार जित्यो । उपविजेतामा चित्त बुझाएको नेपाल खेलकुद महासंघले ३० हजार पाँच सय ५५ र तेस्रो भएका वाईसीएल बागलुङले २० हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV