२१ पुष २०७४, शुक्रबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज हेटौंडामा म्युजिकल नाईट २०१८ सम्पन्न गरेको छ ।

महासंघको मनोरञ्जन फोरमको विशेष सक्रियतामा भएको कार्यक्रममा देशका ख्यातिप्राप्त कालाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।

जस्मा हाँसकलाकार जीतु नेपाल, नायिका सुष्मा कार्की, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायिका अन्जु पन्त, स्वेता खड्का, नायिका मरिष्का पोखरेल, गायक युवराज चौलागाई लगाएतका चर्चित कलाकारहरुले आ आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

देशमा विभिन्न समयमा हुने प्रकृतिक विपत्तिका समयमा प्रभावितहरुका लागि राहत दिन कोष खडा गर्नका लागि कार्यक्रमका संयोजक आकाश अधिकारीले जनाएका छन् । प्रति व्यक्ति २ हजार ५ सय टिकट मूल्य राखिएको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको कार्यक्रममा महासंघका पदाधिकारी सदस्यहरुको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमलाई मकवानपुरको हेटौंडाबाट न्युज २४ ले प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV