२१ पुष २०७४, शुक्रबार

रुपन्देही । शुक्रबार बिहान ११ बजे देवदह–२ मा बसन्त पौडेलको गोली हानी हत्या भयो ।रुपन्देही देवदह नगरपालिका भेकाबार बस्ने फर्निचर व्यवसायी बसन्त पौडेल बलुको हत्याको जिम्मा गोली हानी फरार रहेका मनोज पुनले लिएका छन् ।

गोली प्रहारबाट घाइते बसन्तको उपचारको क्रममा मृत्यु भएको छ ।यसैक्रममा बसन्तको हत्याको जिम्मा लिंदै मनोज पुनले टेलिफोन गरेका छन् ।पुनले बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

यदी बसन्तको हत्या गर्ने मनोज नै हुन् भने यो उनको दोस्रो अपराध अभियोग हुनेछ जवकि मनोज तिनै हुन् जसलार्इ गत वर्षको पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV