२१ पुष २०७४, शुक्रबार

कृष्ण

रुपन्देही। रुपन्देहीको देबदह नगरपालिकामा अज्ञात समुहले गोली चलाउँदा एकको मृत्यु भएको छ । रुपन्देहीको खैरनीमा चलाएको गोली लागेर स्थानीय बलु पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीय पौडेलको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । पौडेलको छाती र टाउकोमा गोली लागेको थियो ।

गोली हान्ने ब्याक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोला तिर भागेको स्थानीयले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले देवदह नगरपालिकाको वरपर अज्ञात समुहको खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV