२१ पुष २०७४, शुक्रबार

बलिउड अभिनेता, तथा सलमान खानका भाई अरबाज खान हालै बान्द्राको स्मोक हाउसमा एक युवतीका साथ भेटिए । पत्नी मलाईका सँग सम्बन्ध बिच्छेद गरी बसेका अरबाज सँग बसेकी ती युवतीले जब फोटो पत्रकारलाई देखिन्, उनी मुख लुकाउँदै गएर अटो रिक्सामा बसिन् । खासमा ती नारी को थिइन् भन्नेचाहिँ पत्ता लागेको छैन ।

पत्नीसँग छुट्टिएपछि अरबाज गर्लफ्रेन्डका साथ हिँड्ने गरेको बताइन्छ । मलाइकासँग सम्बन्ध चिसिँदै गएका वेला अरबाज एजेक्जेन्ड्रा नामक विदेशी गर्लफ्रेन्डको प्रेममा रहेको खबर आएको थियो जुन कुरा अरबाज स्वयंले पनि स्विकारेका थिए । त्यसैगरी, मलाइका पनि एकजना विदेशीको अफेयरमा रहेको गसिप छाएको थियो ।

डिभोर्सपछि अरबाज र मलाइकाको धेरै ठाउँमा, धेरैपटक भेट भइसकेको छ । उनीहरू छुट्टिएको भए पनि छोराका कारणले एक–अर्काबीच राम्रै सम्बन्ध रहेको बताउने गरेका छन् ।

खासमा मलाइकाको अफेयर अभिनेता अर्जुन रामपालसँग भएको र त्यही कारणले गर्दा अरबाजसँग छुट्टिएको भारतीय मिडियाले उल्लेख गर्ने गरेका छन् । मुख छोप्दै अटोमा लुकेकी ती नारी अरबाजकी नया गर्लफ्रेन्ड भएको मिडियाको दाबी छ । अरबाजले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV