२१ पुष २०७४, शुक्रबार

प्यालेस्टाइन सरकारले जेरुसेलमको विषयलाई लिएर अमेरिकाले आर्थिक सहयोग रोक्ने चेतावनीले कुनै असर नगर्ने जनाएको छ । प्यालेस्टाइनले जेरुसेलम कुनै विकाउ वस्तु नभएको भन्दै यसमा हस्तक्षेपन नगर्न समेत सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनले जेरुसेलम मुद्दामा सम्झौता गर्न नमानेकोमा उनीहरुको आर्थिक सहयोगमा रोक लगाउने चेतावनी दिँदै आएका छन् । अमेरिकी राष्ट्रपतिको भनाईप्रति खेद प्रकट गर्दै प्यालेस्टाइनले पनि आफूहरु ट्रम्पको त्यस्तो धम्कीसँग नडराउने बताएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । अमेरिकाले वार्षिक रुपमा गर्दै आएको ३० करोड डलर भन्दा बढीको सहयोगमा कटौति गरिदिने चेतावनी दिएको थियो । गत महिना राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी घोषित गरेदेखि नै तनावग्रस्त रहेको प्यालेस्टाइन र ह्वाइट हाउसको सम्बन्ध झनै खराब स्थितिमा पुगेकोे बताइएको छ ।

ट्रम्पको यस चेतावनीको कडा प्रतिउत्तर दिँदै प्यालेस्टाइनी राष्ट्रपतिका प्रवक्ता नबिल अबु रुदेइनले लामो समयदेखि जेरुसेलमको पूर्वीय क्षेत्र प्यालेस्टाइनको राजधानीका रुपमा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV