२१ पुष २०७४, शुक्रबार

काठमाण्डौ,पुस २१ । न्याय परिषद्ले गरेको उच्च अदालतका ४ मुख्य न्यायाधीश सिफारिसमा विवादित देखिएको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष गोपाल पराजुलीले आफ्ना नातेदार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउने रणनीतिका साथ पहिलो नम्बरमा सिफारिस गरेपछि विवाद सिर्जना भएको हो ।

प्रधानन्यायाधीश पराजुलीको प्रस्तावमा असहमति जनाउँदै परिषद् बैठकमा परिषद्का सदस्य एवं वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले ‘नोटअफ डिसेन्ट’ लेखेका छन् । बिहीबार बसेको परिषद्को बैठकले तुलसीपुर उच्च अदालतमा नहकुल सुवेदी, जनकपुरमा उदय चापागाईं, दिपायलमा यज्ञ बस्याल र सुर्खेतमा हरिकुमार पोखरेललाई मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो । ४ मध्ये सुवेदीलाई रोलक्रममा अघि हुनेगरी सिफारिस गरिएकोमा जोशीले आपत्ति जनाउँदै नोट अफ डिसेन्ट लेखेका हुन् ।

पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीले मध्यरातमा परिषद्मा सबै सदस्यको सहमति बिना नियुक्ति गरेका उच्च अदालतका ८० न्यायाधीशको विवादको अन्तिम सुनुवाइ चलिरहेकै दिन प्रधानन्यायाधीश पराजुलीले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलाउँदै परिषद्बाट सिफारिस गराएको परिषदका अन्य सदस्यहरुले आरोप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV