२१ पुष २०७४, शुक्रबार

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हराएको हो । रियल मड्रिडको जितमा ग्यारेथ बेल, इस्को र बोर्जा मायोरलले एक एक गोल गरे ।

३५ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै बेलले रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

यस्तै इन्जुरी समयको पहिलो मिनेटमा मायोरलले गोल गरेपछि रियल ३–० ले विजयी भयो । यो खेलमा रियल स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र करिब बेन्जिमा बिना खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV