२० पुष २०७४, बिहीबार

मोरङ । केही दिन यता तराईमा एक्कासि बढेको चिसोका कारण विराटनगर लगायत तराईको जनजीवन कष्टकर बन्दै गएको छ । हुस्सुसंँगै चिसो हावा समेत चलेका कारण जनजीवन कष्टकर बन्दै गएको हो ।

धेरै चिसो बढेका कारण विराटनगरमा सर्वसाधारणहरु ठाँउठाँउमा दाउरा बालेर आगो तापेर बस्ने गरेका छन् । हिजोआज तराई क्षेत्रमा बाक्लो कुहिरो लाग्ने, चिसो हावा चल्ने र घाम नलाग्ने गरेको छ ।

विराटनगरको तापक्रम दैनिक रुपमा घट्दै गएको छ । हावापानी कार्यालय विराटनगरका अनुसार वुधवार विराटनगरको तापक्रम यस वर्षकै सबैभन्दा कम १० डिग्री सेल्सियस रेकर्ड गरिएको थियो भने अधिकतम तापक्रम १५ दशमदव २ डिग्री सेल्सियस पुगेको थियो ।

चिसो हावा चल्ने र तुसारो पर्ने गरेका कारण रुघा खोकी, ज्वरो , टाईफाईड ,दम , निमोनियाका विरामीको संख्या बढेको कोशी अञ्चल अस्पताल विराटनगरले जनाएको छ ।

चिसो मौसममा न्यानो लुगा लगाउने, तातो ठाँउमा बस्ने र तातो खानेकुरा खानुपर्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV