२० पुष २०७४, बिहीबार

काठमाडौँ । आपुर्ति विभागको अगुवाईमा गएको अनुगमन टोलीले राजधानीका प्रमुख ठूला मानीएका अस्पतालहरु नै विरामी ठग्ने गरेको खुलासा गरेको छ ।

ठूला अस्पतालहरुमध्येका धापासीको ग्रान्डी ईन्टरनेशनल अस्पताल, बल्खुस्थित बयोधा अस्पताल, बसुन्धाराको ईशान बाल अस्पताल र बाँसबारीको न्यूरो अस्पताल ठगीमा परेका छन् ,विरामीबाट अतिरिक्त शूल्क लिएको पाइएपछि ती अस्पतालहरूविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर लगायतका कारवाही प्रक्रिया चलाउन प्रहरीलाई पत्राचार गरेको हो ।ठगीमा परेको विभिन्न गुनासो तथा सुचनाको आधारमा  अनुगमन गरिएको थियो र अनुगमन पछी आपुर्ति विभागले थप अनुसन्धान गरी ठगि मुद्दा चलाउन महानगरीय बिभाग काठमाडौंलाई पत्र पठाएको  बताईएको छ ।

विभागले गत मंसिर अन्तिम साता ती अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दोषी देखिएपछि वयान लगायतका प्रक्रिया पूरा गरेर विभागले बाँकी अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV