२० पुष २०७४, बिहीबार

काठमाडौं । फिल्म ‘कान्छी’को शीर्ष गीत सार्वजनिक भएको छ । फिल्म युनिटले बिहीबार शीर्ष गीत ‘यो जीउ दाउमा लाउने’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा दयाहाङ र श्वेता खड्का फिचरिङ भएका छन् । दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीतमा सजिएको गीतमा धर्मेन्द्र सेवानले स्वर दिएका छन् ।

फिल्मको युनिट ‘चरी चट्ट परी’ बोलको पहिल्यै रिलिज गरेका थिए भने त्यस गीतले पनि धेरै दर्शकहरुलाई लाभ्याईसकेको छ । गीतको भिडियोलाई लोकेसन, कोरियोग्राफी र छायांकनले उत्कृष्ट बनाउन निकै मिहिनेत गरिएको नायिका तथा निर्मात्री श्वेताले बताएकी छन् ।

फागुन ४ बाट रिलिजको तयारीमा रहेको ‘कान्छी’को छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । फिल्ममा दया र श्वेताका साथै अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।

फिल्मको छायांकन मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम, काठमाडौं लगायतका ठाउँमा गरिएको छ । फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV