२० पुष २०७४, बिहीबार

काठमाडौं । नेकपा ‘एमाले’ र माओबादी केन्द्रबीच पार्टी एकता हुने कुरा चल्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो गृह जिल्ला चितवान पुगेका छन् । उनले चितवन पुगेर वाम गठबन्धनका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने बताएका छन् ।

पार्टी एकता संयोजन समितिले दुवै दलका अध्यक्षलाई दुई प्रमुख नेताका रुपमा निर्णय गरिसकेको भन्दै दाहालले दुवै दलका शीर्ष नेतालाई समुचित भूमिका दिने विषयमा वाम गठबन्धनभित्र कुनै विवाद नरहेको बताए ।

पार्टी एकताका विषयमा एमाले र माओवादी केन्द्रबीच कुनै अप्ठेरो नभएको बताउँदै दाहालले छलफल निकै सकारात्मक ढंगले अगाडि बढिरहेको उल्लेख गरे। दाहालले पार्टी एकताबारे नेतृत्व तहमा निकै गम्भीरतापूर्वक छलफल भएको बताए।

राष्ट्रियसभा निर्वाचन लगायतका विषयले नयाँ सरकार गठन हुन समय लाग्ने भएकाले त्यस अगाडि नै पार्टी एकता गर्ने तयारी भएको दाहालको भनाइ थियो ।

चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको पत्रकार भेलामा अध्यक्ष प्रचण्डलले दुवै दलका शीर्ष नेतामध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने विषय सहज ढंगले अगाडि बढ्ने बताए हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV