२० पुष २०७४, बिहीबार

काठमाडौं । नेपाली फिल्म उद्योगका कलाकारहरु आ आफ्नो स्टाईल, ड्रेसअप, डाइलग लगाएतका कुराले मिडियाहरुमा चर्चा पाईरहेका हुन्छन् ।

फिल्म होस्टेल रिटन्सबाट रजतपटमा आफ्नो फिल्मी करीयर सुरु गरेका अभिनेता हुन् नाजिर हुसेन । उनले आफ्नो डेब्यु फिल्मबाटै चर्चामा आउन सफल पनि भए ।

डेब्यु फिल्ममा नाजिरले तराई भेगको एक युवकको भुमिका निर्वाह गरेका थिए । उनको यो भुमिकालाई दर्शकहरुले धेरै रुचाए । त्यसोत, उनी एकाएक चर्चामा आउन सफल भए ।

उनले प्रत्येक फिल्ममा आफुलाई फरक तरीकाबाट प्रस्तुत गर्न सफल भएका छन् । जस्तै गाँठो फिल्ममा उनलाई फरक भुमिका देख्न सकिन्छ । त्यस्तै मिलन चाम्सको फिल्म वीर बिक्रम फिल्ममा भेग्लै भुमिकामा देखिए ।

उहिले उनी चल्तीकै अभिनेताको रुपमा परिचित गर्न सफल भएका छन् । अभिनयका कारण मात्र उनी चर्चामा आउँदैनन् ।

उनी आफ्नो भनाईका कारण पनि चर्चामा आउने गर्दछन् । केही साता अघि उनले मिडियासामु दिएको एक अभिव्यक्तिका कारण पनि निकै चर्चामा आए । उनले ‘म भारतीय होइन, नेपाली नै हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

आउँदो शुक्रबारबाट उनै नाजिर हुसेन अभिनित फिल्म रज्जा रानी रिलिजमा आउँदैछ । रिलिजमा आउँदै गरेको फिल्मका कारण उनी चर्चामा त छँदैछन् तर उनलाई अर्को कुरालाई पनि चर्चामा ल्याएका छन् । त्यो उनले नाकमा लगाएका बुलाकी कारण हो ।

हो, अभिनेता नाजिरले बु्लाकी लगाएका छन् । हो अहिले उनी आफ्नो नाकमा लगाएका कारण उनी चर्चामा फेरी एक पटक आएका छन् । आउँदो शुक्रबारबाट रिलिजमा आउँदै गरेको उनको फिल्म रज्जा रानीको प्रिमियर शोमा उनी बुलाकी सहित उपस्थित भएका थिए । सरद राई

प्रतिक्रिया दिनुहोस्

LIVE TV