२० पुष २०७४, बिहीबार

बुधवार राजधानीको राइजिङ मल स्थित क्युज् सिनेमामा चलचित्र राज्जा रानीको प्रिमियर सो सम्पन्न भएको छ । चलचित्र यही शुक्रवारबाट प्रदर्शनमा आउँदै छ ।

उक्त कार्यक्रममा चलचित्रकर्मी, संचारकर्मी सहीत अहिलेका जनता माझ लोकप्रिय बनेका नेता लालबाबु पण्डितको उपस्थििती रहेको थियो । तराईमा हुने ब्याप्त दाइजो प्रथालाई मूख्य कथाबस्तुमा समेटीएको यस फिल्मलाई सबैले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

चलचित्र हेरिसके पश्चात् अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनको जीवन्त अभिनयले वाहवाही पाएको थियो । यम थापाको लेखन तथा निर्देशन रहेको चलचित्रमा केकी र नाजिरको साथमा कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको राज्जा रानी  नेपाली र मैथली दुवै भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV