२० पुष २०७४, बिहीबार

मनोज श्रीवास्तव

 

कपिलवस्तुलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन माग गर्दै बाम गठबन्धनले कपिलबस्तुका विभिन्न स्थानमा बिहीबार बिहान चक्काजाम गरेको छ ।

बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा तौलिहवाको जिल्ला प्रशासन चोक, अस्पताललाइन चोक चन्द्रौटा चोकमा चक्काचाम गरेको हो । चक्काजाममा सहभागीले अब बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए ।

प्रदेश मन्त्रालयको लागि भवन, सडक सञ्जाल, गौतमबुद्धको जन्मस्थल तिलौराकोट जस्ता कारणले राजधानीकालागि कपिलबस्तु उपयुक्त हुने उनिहरुको ठहर छ । चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग २ घण्टा आवागमन अवरुद्ध भएको थियो । सरकारले प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई तोक्ने तयारी गरेको छ । सरकारको तयारीसँगै विरोध शुरु भएको हो । बुद्ध प्रदेश माग गरिएको अयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV