२० पुष २०७४, बिहीबार

एजेन्सी । संसारको सबैभन्दा महंगो भोड्काको बोतल डेनमार्कको क्याफे ३३ बाट चोरी भएको छ । मिडिया रिपोर्टका अनुसार यो एउटै बोतलको मूल्य झण्डै १३ करोड नेपाली रुपैयाँ (१.३ मिलियन अमेरिकी डलर) थियो ।

बोतल चोरी भएपछि डेनमार्कको राजधानी कोपनहेगनमा हल्लाखल्ला भएको छ । डेनमार्क प्रहरीले यस विषयमा जाँच सुरु गरेको छ । डेनमार्कको क्याफे ३३ मा संसारका धेरैजसो महंगा मदिरा पाइन्छ । केही महंगा मदिरा यहाँ केवल हेर्नका लागि मात्र राखिन्छ ।

रुसी कम्पनी डार्टज मोटर्जले बनाएको यो संसारको सबैभन्दा महंगो भोड्का बोतल रुसो बाल्टिक भोड्का पनि यहाँ हेर्नको लागि मात्रै राखिएको थियो ।

रिपोर्टका अनुसार यो बोतल ठोस सुन र चाँदीबाट बनेको थियो । यसमा महंगा हिरा र अन्य पत्थरबाट डिजाइन बनाइएको थियो । यसमा भरिने मदिरा पनि संसारकै सबैभन्दा महंगो महिरा थियो ।

यो क्याफेका मालिक ब्रेन इङबर्गले फेसबुकमा यो भोड्काको पुराना फोटो पोस्ट गरेर आफ्नो क्याफेबाट संसारको सबैभन्दा महंगो भोड्का चोरी भएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘राती कसैले क्याफेको चाबी चोरेर भोड्काको बोतल चोरी गरेको हो । यो मैले एक जना रुसी व्यवसायीसँग भाडामा लिएको थिएँ र यसको कुनै बीमा पनि गरिएको थिएन ।’ यो भोड्का एक टिभी कार्यक्रमको लागि पनि भाडामा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV