२० पुष २०७४, बिहीबार

सिरहा । सिरहामा बोक्सीको आरोपमा लगाउँदै छिमेकीलाई कुटपिट गर्ने आमाछोरीलाई प्रहरीले पक्राउ गरेको छ । लहान–२१ खोरिया टोल बेतहाकी ३८ वर्षकी रीतादेवी दासलाई बोक्सी आरोपमा कुटपिट गर्ने छिमेकी ३७ वर्षकी ईनरदेवी दास र उहाँकी छोरी १७ वर्षकी निलम दासलाई प्रहरीले पक्रेको हो ।

आफ्ना श्रीमान सिल्टु दासलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै ईनरवादेवीले रीतादेवीलाई कुटपिट गरेकी हुन् । पुस १५ गते लहान बजारबाट घर फर्किरहेका बेला बेलुका रीतालाई गालीगलौज गर्दै मरणासन्न हुनेगरी कुटेको स्थानीय बासिन्दाले बताएका छन् । ईनरवत्तिका श्रीमान सिल्टु दास मधुमेह रोगबाट पीडित रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी गणेशचन्द ठकुरीले घटनाको अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV