२० पुष २०७४, बिहीबार

तौलिहवा । इलाका प्रहरी कार्यालय कृष्णनगरले सिर्सिहवा नाकामा भारतीय गाडीसहित २ हजार ४० किलो सुपारी बरामद गरेको छ । बुधबार बिहान साढे २ बजेको समयमा उक्त परिणामको सुपारी बरामद गरेको हो। सुपारी‍सहित युपी ५५ टी ०६३३ नम्बरको सवारी साधन पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक चन्द्रप्रसाद शर्माले बताए।

तस्करले कृष्णनगर नगरपालिका– ४ डुमही नाकाबाट सुपारी भारततर्फ पठाइ सकेका थिए। भारतीय एसएसबीले पिछा गरेपछि सिर्सिहवा नाकाहुँदै नेपालतर्फ फर्काउने क्रममा सुपारी बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको सुपारी र गाडी कृष्णनगर भन्सार चलान गरिएको प्रहरी नायव निरीक्षक शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV