२० पुष २०७४, बिहीबार

बुटवल । बुटवललाई प्रदेश नम्बर ५ को राजधानी तोकिनुपर्ने भन्दै चक्काजाम गरिएको छ। नेपाली कांग्रेसले आज बिहान ९ बजेदेखि १० बजेसम्म चक्काजाम गरेको हो। सरकारले प्रदेश नम्‍बर ५ को अस्थायी मुकाम दाङमा तोक्ने तयारी गरिरहेका बेला प्रदेशको राजधानी बुटवल हुनुपर्ने नेपाली कांग्रेसले दावी गरेको छ।

सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गरेको हो। चक्काजामबाट यातायातका साधनहरु रोकिए। पूर्व पश्चिम महेन्द्र राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्ग ठप्प भएपछि यात्रुहरुले झण्डै दुई घण्टा सडकमै बस्नु परेको थियो। चक्काजाम पछि कांग्रेसका नेताहरुले बुटवललाई ५ नम्बर प्रदेशको केन्द्र नतोकिए आन्दोलन झन् कडा बनाइदै लगिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV