१९ पुष २०७४, बुधबार

काठमाडौं । राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार नेपालमा आएका विदेशी कम्पनीमध्ये ३७ वटाले मात्रै उत्पादनमुलक उद्योग खोलेको भेटिएको छ । राष्ट्र बैंकको अनुसार दुई सय ५२ वटा कम्पनीले विदेशी लगानी भित्र्याइरहेको बताएको छ ।

३७ वटा उद्योगको उत्पादन पनि त्यति ठूलो नभएको र तीमध्ये ११ वटाले मात्रै उत्पादित वस्तु विदेश निर्यात गर्ने गरेका छन् । राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाका अनुसार विदेशबाट आएको लगानीमध्ये एक सय ५१ अर्ब त ‘स्टक’कै अवस्थामा छ । लगानी प्रयोजनमा प्रशस्त कम्पनी दर्ता भए पनि ठूलो मात्रामा रकम भित्रिन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV