१९ पुष २०७४, बुधबार
  • बसन्त लिम्बु,

ताप्लेजुङ । ताप्लेजुकै पुरानो पाथिभरा बहुमुखी क्याम्पसमा स्नाकोत्तर पढाईका लागि श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । क्याम्पसमा संकाय थप गर्दै तह बृद्धिका लागि माघ २४ गतेबाट सात दिन संगितमय श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।

तीन करोड रुपैयाँ संकलन गर्ने अपेक्षा सहित आयोजना गर्न लागिएको महायज्ञ सम्पन्न गर्न मुल आयोजक समिति सहित आठ वटा उप–समिति गठन गरिएको छ ।

महायज्ञबाट संकलित रकमले शिक्षा शास्त्र संकायतर्फ स्नातकोतर तह संञ्चालन गर्ने र जिर्ण भएका भवनलाई पुनर्निर्माण गर्ने योजना रहेको क्याम्पस प्रमुख मोहन राईले बताउनुभयो ।

महायज्ञमा श्रीमत भागवत परीवार मेचीनगर झापाका पंण्डित रमेश कोईरालाको टोलिले कथा बाचन गर्ने बताइएको छ । संकाय र तह थप नगर्दा हाल पाथिभरा बहुमुखि क्याम्पसमा विद्यार्थीहरुले स्नातकसम्म मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायमात्र अध्यान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV