१९ पुष २०७४, बुधबार

द कपिल शर्मा शोका मूख्य आकर्षण बनेका सुनिल ग्रोवर नेपाल आउने भएका  छन्  । बलिउडका ख्याती प्राप्त कलाकारहरू सलामान खान र कैट्रीना कैफ नेपाल आउने खवर सँगै पछिल्लो समय भारतीय लोकप्रीय हास्य कलाकार ग्रोवर आउने खवरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको छ ।

जनवरी ५ मा राजधानीमा आयोजना हुन लागेको एक कर्पोरेट सोुुका लागि कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आउने बताइएको छ । पछिल्लो समय द कपील शर्मा शो मार्फत विवादमा आएका सुनिल त्यस यता कुनै पनि टेलिभिजनको कार्यक्रममा देखिएका छैनन् ।

कमेडीमा आफ्नो छुट्टै पहिचान बनाएका सुनिलका साथमा केहि नेपाली कलाकारले समेत प्रस्तुती दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV